कोहलपुर/ कोहलपुरका एफ.एम.रेडियोहरुमा आवद्ध सञ्चारकर्मी तथा पत्रकारहरुका लागि सञ्चालन गरिएको तीन दिने क्षमता अभिबृद्धि तालिम आईतबार सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षित गर्दै शुक्रबारदेखि तालिम सञ्चालन गरिएको थियो ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा सञ्चालन गरिएको तालिमको आईतबार एक समारोहका बिच समापन गरिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले तालिमको समापन गर्दै पत्रकारीताको सिद्धान्तमै रहेर समाचार सम्प्रेषण गर्न संचारकर्मीहरुलाई सुझाव दिएका थिए । उनले सानो कमजोरीका कारण समेत धेरै ठुला दुर्घटनाहरु निम्तने खतरा रहेको भन्दै सम्वेदनशिल भएर समाचार संकलन तथा सम्प्रेषण गर्न आग्रह गरे ।
तालिमका सहभागीहरुले तालिमबाट पत्रकारीताका नयाँ आयामहरुको बारेमा जानकारी पाएको भन्दै खुसी व्यक्त गरेका थिए । सञ्चार तथा पत्रकारीता सम्बन्धि केही सीप जानेपनि यो अभिमुखीकरण तालिमले उक्त सिपमा अझै निखारता ल्याउने रेडियो कोहलपुर एफ.एम.का कोश खड्काले बताए ।
उनले संचारकर्मीहरुको क्षमतामा निखारता ल्याउनका लागि समेत यस्ता खालका तालिमहरु आवश्यक रहेको बताए ।त्यस्तै अर्की सहभागी रेडियो कोहलपुरकै शिवा परियारले तालिमबाट आफूमा थप उत्साह पलाएको भन्दै खुसी व्यक्त गरिन् । परियारले तालिमबाट धेरै कुरा सिक्ने पाएको भन्दै त्यसलाई व्यवहारमा लाू गर्ने बताइन् ।
तीन दिनसम्म संचालन गरिएको तालिमको पत्रकारद्धय भिम रावत र पुजन विश्वकर्माले सहजीकरण गरेका थिए भने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत विरतण गरिएको थियो ।
कोहलपुरमा संचालनमा रहेका ३ वटा रेडियोका साथै अन्य संचारमध्यममा कार्यरत २० जना बढि संचारकर्मीहरुले उक्त तालिममा सहभागीता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्