ग्रामिण क्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पु¥याउन आवश्यक



कोहलपुर/  कम्प्युटर एशोसियसन नेपाल महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिण क्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पु¥याउन आवश्यक रहेको बताएका छन् ।

त्यसका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रवृत्तिमा ग्रामिण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई बढि भन्दा बढि सहभागी गराइने उनले बताए ।

शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष कुवँरले ग्रामिण क्षेत्रका विद्यार्थीलाई धेरै भन्दा धेरै लाभ हुने तवरले काम गरिरहेको बताए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जलानले विश्वकै उत्कृष्ट सूचना प्रविधि कलेजमा पढ्न पाउने सपना पुरा गर्न लागिएको बताए । उनले सूचना प्रविधिमा देशलाई सम्पन्न बनाउन छात्रवृत्तिले महत्वपूर्ण भुमिका खेल्ने पनि जनाए ।

यस्तै क्यान महासंघ प्रदेश ५ का अध्यक्ष सुदिप शर्माले प्रदेशमा विभिन्न छनौट समितिको संयोजनमा पारदर्शी तरिकाले छात्रवृत्ति छनौट हुने बताए ।

फिमेल मेरिट आईसीटी छात्रवृत्तिबाट चार जना, आईसीटी मेरिट छात्रवृत्तिबाट तीन जना गरी प्रत्येक प्रदेशबाट सात जनालाई छात्रवृत्ति दिइने छ । सात वटै प्रदेशबाट जम्मा ४९ जना विद्यार्थीले रु १ करोड ८३ लाख पाँच सय रुपैयाँको छात्रवृत्ति पाउने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २३ गते शनिबार