हेर्नुहोस् आजको राशिफल (२०७५ साल असार २३ गते) के लेखिएको छ तपाइको बारेमा ।



आज – २३ आषाढ २०७५ शनिवारको राशिफल

मेष :  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नसोचेको ठाउँबाट धनागम हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । रोजगारको अवसर मिलनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मतभेद बढ्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । शिक्षामा वाधापनि आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला ।

– ज्यो.प.नारायणप्रसाद दुलाल

  • No tags available
प्रकाशित मिति : २०७५ असार २३ गते शनिबार