नेकपा अध्यक्ष प्रचण्डसहितका केन्द्रिय नेताहरु बाँके आउँदै



नेपालगन्ज/  नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका केन्द्रिय नेताहरु शुक्रबार बाँके आउने भएका छन् ।

कार्ल माक्र्स जन्म द्विशतबार्षिकी समारोह तथा प्रादेशिक गोष्ठीमा सहभागि हुन उनीहरु नेपालगन्ज आउन लागेका हुन् ।

आयोजकले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेकपाका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल ,राम कार्की , नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, गणेश शाह, प्रदीप गिरि लगायतका नेताहरुले सहभागिहरुलाई प्रशिक्षण दिने आयोजक मध्येका ठाकुर गैरेले जानकारी दिए ।

प्रदेश नम्बर ५ मा रहेका १२ जिल्लाबाट १ हजार भन्दा बढी नेकपाका नेता कार्यकर्ताको गोष्ठिमा सहभागिता रहने आयोजकले जनाएको छ । नेपालगन्ज स्थित सिद्वार्थ कटेजको सभाहलमा हुने गोष्ठी शुक्रबार र शनिबार गरेर २ दिनसम्म चल्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार