ट्राफिक सचेतनासम्बन्धी सडक नाटक



कोहलपुर/  समाज सेवा संस्था नेपाल हवल्दापुरका कलाकारहरुले सोमबार कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा ट्राफिकसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन् ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोगमा कोहलपुर नगरपालिकाको मदनचोक, राम मा.वि हवलदापुर, चौधरिया, चप्परगौडी तथा पिपरीचोक गरी ५ स्थानमा सडक नाटक प्रदर्शन गरिएको समाज सेवा नेपाल केन्द्रीय अध्यक्ष विनोद थापाले जानकारी दिए ।

ट्राफिक नियमसम्बन्धी जानकारी दिने उद्देश्यले प्रदर्शन गरिएको सो नाटकमा सामज सेवा संस्थाका कलाकारहरु विनोद थापा, इमरन हास्मी सर्मिला घर्ती, कल्पना शर्मा, पुस्तिका शर्मा, पप्पु सुनारलगायतले अभिनय गरेका थिए ।

सडक नाटकमा ट्राफिक नियमसम्बन्धी पम्पलेटहरुसमेत वितरण गरिएको थियो । यसअघि समाज सेवा संंस्था नेपालले कोहलपुर नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ५ गते मंगलबार