मुल्य वृद्धिको विरोधमा नेवि संघद्वारा कोहलपुरमा राँके जुलुस



कोहलपुर,३० जेठ/   सरकारले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य बृद्धि गरेको भन्दै नेवि संघ ले मंगलबार कोहलपुरमा राँके जुलुस निकालेको छ ।

सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेवि संघले बिरोध स्वरुप कोहलपुर जुलुस निकालेको हो । साथै नेवि संघले तत्काल मुल्य बृद्धि फिर्ता लिन सरकारसँग माग समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३० गते बुधबार