कोहलपर,२८ जेठ/ कोहलपुरमा जारी प्रथम विद्यालय स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा सरस्वती मावि विजयी भएको छ । बागेश्वरी एकेडेमीलाई पराजित गर्दै सरस्वती मावि विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको बागेश्वरी एकेडेमीले १५ ओभरमा ३ विकेटको क्षतीमा १ सय ३५ रन जोड्न सक्यो । बागेश्वरीका लागि दुर्गा रेश्मी मगरले सर्वाधिक २८, लुना सिंहले १९ र निलम शाहीले १८ रन जोड्न सफल भए ।
१ सय ३६ रनको विजयी लक्ष्य पाएको सरस्वती माविले १४.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन जोड्दै विजयी भयो । सरस्वतीका लागि सलु विकले सर्वाधिक ३४ रन जोड्न सफल भइन् भने कौशिला विकले २२ रनको योगदान गरिन् । खेलमा प्लेयर अफ द म्याच सलु विक घोषित भइन् ।
यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा सगरमाथा ज्ञानपुञ्ज माविले लक्ष्मी माविलाई ३० रन अन्तरले पराजित गर्दै विजयी भएको छ । टस हारेर मैदानमा उत्रिएको सगरमाथाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०० रनको योगफल तयार पार्न सफल भएको थियो । सगरमाथाका लागि सुजाता बोगटीले सर्वाधिक ३१ रन र स्वस्तिका भट्टले १६ रनको योगदान दिए ।
यस्तै सगरमाथाका अलिसा सुनारले २ र यमुना थापा, सुजाता बोहरा, पुजा चन्द र अनिशा शाहीले समान १÷१ विकेट लिन सफल भए । १ सय १ रनको बिजयी लक्ष्य लिएको लक्ष्मी माविले १५ ओभरमा ९ विकेटको क्षतिमा मात्र ७० रन जोड्न सक्यो ।
लक्ष्मी माविका तर्फबाट पुष्पाले मात्र १८ रनको सर्वाधिक योगफल जोड्न सफल भइन् भने टिका थापाले २ र पुजा थापाले १ विकेट लिन सफल भए । खेलको प्लेयर अफ द म्याच सगरमाथाकी सुजाता बोगटी घोषित भइन् ।









प्रतिक्रिया दिनुहोस्