बर्दिया,२६ जेठ/ बदिर्याको बाँसगढी नगरपालिकाअन्र्तगत बाँसगढी श्रोतकेन्द्रको त्रिभुवन मावि ककौरामा आइतबारदेखि सुरु भएको तेस्रो तथा अन्तिम समुहको पढाई तथा शिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।
समापन सत्रमा बोल्दै बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले बाँसगढी नगरपालिका अन्र्तगतका सबै सामुदायिक विद्यालयको शैक्षिक स्तरवृद्धि गर्न जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
तालिमतको वरिष्ठ प्रशिक्षक भेषराज गैरेले सहजीकरण गरेका थिए । तालिममा बाँसगढी नगरपालिका अन्र्तगतका ४० वटा विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ८० जना शिक्षकहरुलाई तालिम दिइएको थियो ।
शैक्षिक तालिम केन्द्र बाँकेको आयोजनामा सञ्चालन गरिएको सो तालिम बर्दिया सहित १६ वटा जिल्लामा एकैसाथ लागू भएको बताइएको छ ।
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्