कोहलपुर,२६ जेठ/ कोहलपुर क्षेत्रका महिला खेलाडिहरुलाई लक्षित गर्दै आज (शनिबार) देखि ‘उप–मेयर छात्रा क्रिकेट’ प्रतियोगिता सुरु हुँदैछ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा नगर शिक्षा शाखा कोहलपुर र मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त व्यवस्थापनमा आजदेखि प्रथम अन्तर मावि स्तरीय ‘उप–मेयर छात्रा क्रिकेट’ रनिङ शिल्ड सञ्चालन हुन लागेको प्रतियोगिताका संयोजक लेखबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
नेपाली महिला क्रिकेटको जन्मभुमिका रुपमा रहेको कोहलपुरमा लामो समयपछि पुनः महिलाहरुलाई लक्षित गर्दै क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
प्रतियोगितामा कोहलपुर नगरभित्र सञ्चालनमा रहेका १२ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु २१ हजार तथा उपविजेताले १० हजार ५ सय रुपौयाँ प्राप्त गर्ने छन् ।
शुक्रबारबार सार्वजनिक गरिएको ड्रअनुसार प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरी एकेडेमी र त्रिभुवन नमुना मावि बीच प्रतिस्पर्धा हुनेछ । त्यसै आज नै हुने दोस्रो खेल रामजानकी स्कुल र सगरमाथा ज्ञानपुञ्ज स्कुल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ८ बजे उद्घाटन गरिने कोहलपुर नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मीले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्