अनियमित विद्युत् कटौतीले हैरानी, सिस्टमका कारण यस्तो भएको हो – प्राधिकरण प्रमुख



कविन्द्र परियार : कोहलपुर,२२ जेठ/  नेपाल विद्युत् प्राधिकरणका कोहलपुर मातहतका क्षेत्रमा रहेका स्थानहरुमा अनियमित ढंगबाट दैनिक रुपमा हुने विद्युत् कटौतीले स्थानीय हैरानी, बनेका छन् ।

प्राधिकरणका मातहतमा रहेका राँझा, कोहलपुर शम्शेरगज र मान खोला फिडर क्षेत्रका बासिन्दाले अघोषित लोडिसेडिङ्ग तथा अनियमित विद्युतका कटौतिका कारण हैरानी भएको बताएका छन् ।

दैनिक रुपमा अघोषित रुपमा विद्युत् कटौतीका कारण कतिपय विद्युतिय सामाग्रीहरु समेत क्षति पुग्ने गरेको छ । कोहलपुर नगरपालिका १० रामनगर मान बहादुर सुनारले अनियमित रुपमा जाने आउने विद्युतका कारण स्टेपलाईजर जल्नुका साथै बल्ब समेत फ्युज भएको बताए ।

दैनिक पटक पटक विद्युत आउने जाने गरेका कारण हैरानी भएको उनको भनाइ छ । त्यस्तै राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी कमला थारुले गर्मीको समयमा दिनमा भन्दा रातमा धेैरै पटक हुने विद्युत् कटौतिले बालबालिका हैरानी झल्नुपरेको बताइन् ।

सरकारले लोडिसेडिङ्ग मुक्त भनेर घोषणा गरेको छ । तर पनि दैनिक जसो लाईन जान्छ उनले भनिन् । त्यस्तै बैजनाथ गाउँपालिका जी गाउँकी कल्पना योगीले अनियमित ढंगले हुने विद्युत् कटौतिका कारण घरमा रहेका टेलिभिजन लगायतका सामाग्रीहरु पटक पटक विग्रीरहने गरेको गुनासो पोखिन् ।

त्यसतै भैरवी गिरीले दैनिक जसो अनियमित रुपमा हुने विद्युत आपुर्ति बन्दले गर्मी मोसममा हैरानी झेल्न परेको बताइ घरीघरी जाने र आउने विद्युत्का कारण विद्युतिय सामाग्रीहरु समेत विग्रिने गरेको उनको भनाई छ ।

अनियमित रुपमा कटौति हुने विद्युतका कारण स्थानीयले निकै समस्या झेल्ने गरेको बताएका छन । छिन छिनमा हुने विद्युत अनियमिताले खासगरी कलकारखानामा समस्या देखिएको छ ।

यता नेपाल विद्युत प्राधिकरण वितरण कोहलपुरका प्रमुख जगन्नाथ लामिछानेले अहिले लोडिसेडिङ्ग भन्ने नभएको बताए । अहिले हावाहुरी र अत्याधिक गर्मीका कारण विभिन्न स्थानहरुमा मर्मत गरिरहनुपर्ने र कतिपय अवस्थामा केन्द्रिय सिस्टममा विद्युत् अवरोध हुने गरेको बताए ।

 

हावाहुरीले विद्युतका पोल ढल्ने तथा गर्मीका कारण ट्रान्समिटरहरुमा रहेका तारहरु पग्लिएर जल्ने गरेका कारण यो समयमा पटक पटक मर्मत गर्नुपर्ने बाध्यता रहेको बताए । हामी पनि ग्राहकलाई विद्युत सेवाबाट वञ्चित गर्न चाहानौं उनले भने ।

हामी अहिले चारवटा फिडरका ५ वटा स्थानहरुमा नयाँ ट्रान्समिटर जडान गरिसकेका छौ कोहलपुर नगरपालिकाको सहकार्यमा थप १० वटा नयाँ ट्रान्समिटर जडान गरिने प्रमुख लामिछानेले बताए ।

साथै प्राधिकरणका सबै फिडरहरुमा दैनिक ९ जना कर्मचारी मर्मतमा खटिने गरेको र कुनै पनि खराबी आएमा वर्कसप क्षेत्रीय कार्यालयसँग समन्वय गरेर विग्रीएको खण्डमा तुरुन्त मर्मत गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जानएको छ ।

साथै कुनै पनि ग्राहकले नयाँ मिटर जडानका लागि आवेदन दिएको खण्डमा १ हप्ता भित्रमा मिटर उपलब्ध गराउने कुनै कर्मचारीले मिटर जडानका लागि अतिरिक्त शुल्क मागेमा प्राधिकरणमा उजुरी गरेमा उक्त कर्मचारी कारबाही गरिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार