बाँकेको खासकुस्मामा ज·ली बँदेलको बिगबिगी



खगेन्द्र दाहाल
कोहलपुर, चैत्र ३०
बाँकेको खासकुश्मामा जङ्गली बँदेलले विगविगी मच्चाएका छन् । राष्ट्रिय निकुञ्जबाट मानव वस्तिमा प्रवेश गर्ने बँदेलले खासकुश्मा गाविसमा किसानहरुले रोपेका अन्नवाली सखाप पार्न थालेका छन् ।
खासकुश्मा २ कुसुमस्थित प्रेमा ओलीले निकुञ्जबाट आउने बँदेलले बसन्ते मकै सखाप पारेको गुनासो गरे । ८ विगाह क्षेत्रफलमा लगाइएको बसन्ते मकै बँदेलको आहारा जस्तै भएको छ प्रेमाले भनिन् ‘एकैदिनमा ४० हजारसम्मको मकैखेतीमा नोक्सानी पु¥याएको छ ।’
निकुञ्जबाट ठूलो सङ्ख्यामा बँदेल मानव वस्तिमा पुगेर नोक्सानी पु¥याउने गरेका छन् । ओलीले कुसुमेश्वर उच्च माविको जग्गा लिजमा लिएर बसन्तेखेती गर्दै आएका छन् । उनी र उनको श्रीमान कर्ण बहादुरको दिनभरको काम भनेको जङगली जनावरलाई आफ्नो खेतमा पस्न नदिनुनै
हो ।
अर्का स्थानीय कृष्णवहादुर खत्रीले बँदेल र हात्तीले ठूलो समस्या निम्त्याएको बताए । निकुञ्ज सुरु भएपछि हात्ती र बँदेलले बसि नसक्नु बनाएका छन् उनले भने–‘न त अन्न बाली भित्र्याउन पाइएको छ न त निर्धक्कसँग रातीमा हिँड्डुल गर्न सकिएको छ ।’ बाँके राष्ट्रिय निकुन्जबाट आउने बदेलले त झन हैरानै बनायो खत्रीले भने
‘बेला बेलामा जगली हात्तीले
पनि हामीले लगाएको
खेती बालीमा नोक्सानी पु¥याउने गर्छ ।’
उनीहरुले बाली जोगाउन रातीको समयमा मजदुर लगाएर बँदेल धपाउने गरेका छन् । जङ्गली जनावरबाट हुने क्षतिको राहत दिने कानुनी व्यवस्था छ । वन्यजन्तुको क्षति राहत सहयोग निर्देशिका २०६९ मा वन्यजन्तुबाट बालीनालीमा हुने क्षतिको उचित मूल्याङ्कनका आधारमा राहत दिन सक्ने व्यवस्था छ ।
क्षतिपूर्तिका लागि पीडितले निकुञ्जमा उजुरी दिनु पर्ने र उक्त उजुरी निकुञ्जले क्षेत्रीय वन कार्यालय सुर्खेतलाई पठाउने पर्ने व्यवस्था छ । मन्त्रालयले क्षेत्रीय वनलाई बजेट दिने भएकाले निकुञ्जबाट सिधै पीडितलाई क्षतिपूर्ति दिन नसकिने बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृष्ण लालबहादुर भण्डारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ३० गते मंगलबार