दशौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि बाँकेले उचाल्यो



नेपालगन्ज,२१ जेठ/  नेपालगन्जमा भएको ५ नम्बर प्रदेश स्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि बाँकेले उचालेको छ ।

गत शनिवारदेखि सुरु भएको सो प्रतियोगितामा बाँकेले १३ स्वर्ण, ६ रजत र १० काश्य पदक जित्दै प्रथम भएको छ ।

यसैगरी बर्दियाले १० स्वर्ण, ९ रजत र ७ काश्य जित्दै दोस्रो र रुपन्देहीले ६ स्वर्ण १० रजत र १ काश्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा बर्दिया, बाँके, दाङ्ग, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखांची, पाल्पा, रुपन्देही, पश्चिम नवलपरासी, पुर्वी रुकुम जिल्लाबाट प्रत्येक जिल्लाबाट ७२ खेलाडी, ६ प्रशिक्षक, एक टोली नेता सहित ९ सय ४८ खेलाडी सहभागि भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशस्तरिय खेलले प्रर्बधन गर्ने पनि बताए ।

मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको अध्यक्षता र उपाध्यक्ष नरेन्द्र थापाले सञ्चालन गरेको सो कार्यक्रममा नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत लगायतले विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २१ गते सोमबार