कोहलपुर,१३ जेठ/ दलित समुदायको क्षमता विकास तथा सशक्तिकरण लागि नेपालको संविधान २०७२ र स्थानीय निकाय परिचालन ऐन २०७४ ले दलित समुदायको पक्षमा गरेको व्यवस्थापन र कार्यन्वयन विषक सरोकारवाला निकायबीचको अन्तत्र्रिmया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
दलित सेवा संघको आयोजना र डुडुवा गाउपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले मधेसी सुमुदायका स्थानीय व्यक्तित्वले पछाडी पारीएका र दलित बस्तीका स्थानीयहरुलाई क्षमता विकास लगाएत र अन्य कुराहरुमा पनि आफु प्रतिबद्ध रुपमा लागि पर्ने बताए ।
नेपालको संविधान २०७२ ले दलित समुदायको पक्षमा गरेको कानुनी प्रवाधान तथा जातिय छुवाछुत कसुर र सजाय ऐन २०६८ले गरेको व्यवस्था र कार्यान्वनमा दलित समुदायका सवालहरु समावेश गरिएको कार्यपत्र रेडियो प्रतिबोध एफएमका अध्यक्ष बुद्ध सुनारले प्रस्तुत गरेका थिए ।
यस्तै सामाजिक रुपले पछाडि परेका महिला दलित समेतले समावेशी सिद्धान्तको आधारमा राज्यले आफुहरुलाई अहिले पनि पछाडि पार्दै आएको र अबका दिनमा निर्वाचित स्थानिय सरकारले पछाडि पारिएका दलित जनाताले परिवर्तनको अनुभुति गर्ने गरि पारदर्शीका साथै जफावदेहिी तरिकाले काम गर्न आवश्यक रहेको भन्दै कार्यक्रममा उपस्थित सहभागीले सो कुरामा जोड दिएका हुन । दलित सेवा संघका अध्यक्ष कृष्ण विकको अध्यक्षतामा सम्पन्न कायक्रमको संञ्चालन दलित सेवा संघका सचिव मेघनाथले गरेको थिए ।









प्रतिक्रिया दिनुहोस्