कविन्द्र परियार : कोहलपुर,१ जेठ/ आइतबार राती आएको हावाहुरीले बाँकेको राप्तीसोनारी गाउँपालिकाका दर्जनांै घरगोठ तथा कार्यालयहरुमा क्षति पुगेको छ ।
हावाहुरी सहित आएको पानीका कारण गाउँपालिकाको वडा नं.२ स्थित हरदवा तथा मदुईमा हावाहुरीले ९ वटा घरहरुमा क्षति पु¥याएको राप्ती सोनारी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष मदन कुमार वलीले बताए ।
‘हामीसगँ आएको क्षतिको विवरणको रहतका लागि गाँउपालिकामा सिफारिस गरिदिएका छौ’ अध्यक्ष वलीले भने । त्यस्तै हावाहुरीका कारण राप्तीसोनारी–९ ढकेरी स्थित बागेसाल मध्यवर्ती सामुदायिक उपभोक्ता समुहको भवनको छाना पुर्ण रुपमा उडाइदिएको छ ।
स्थानीय शोभाखर शर्माले करिब ५ लाखको लागतमा निमार्ण गरेको पोल्ट्री फार्म पुर्णरुपमा क्षति पुग्नुका साथै लाल बहादुर खत्रीको भैसी फार्ममा समेत पानी सहित आएको हावाहुरी क्षति पुगेको छ ।
यता हावाहुरीका कारण मुगुवा खोला,ढकेरी लगायतका थुप्रै विद्युत भाच्चिएका कारण ढकेरी ,शम्शेरगज ,कचनापुरमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । विभिन्न स्थानहरुमा रुख ढलेका कारण सो क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध नेपाल विद्युत प्राधिकरण युनिट कार्यालयले कोहलपुरले जनाएको छ ।
कचनापुर लगायत कतिपय स्थानहरुकमा रुख ढलेपछि आवागमनमा समस्या भएको छ । हावाहुरी र पानीका कारण आँप तथा मकैखेतीमा क्षति पुगेको छ । हावाहुरी लाखौ मुल्य बराबरको आँप झारिदिएको र मकै बालीमा समेत क्षति पुगेको किसानहरुले बताएका छन् ।
राप्तीसोनारी गाउँपालिका कृषिशाखा प्रमुख ओम प्रकाश शर्माले हावाहुरीले प्रतिबोट १० देखि १५ केजीसम्म आँप झारेको बताए । जिल्ला कृषि कार्यालय बाँकेका प्रमुख कृष्ण बस्नेतले हावाहुरी र पानीका कारण जिल्लामा आँप, लिच्ची तथा मकैमा क्षति पुगेको बताए ।









प्रतिक्रिया दिनुहोस्