कोहलपुर,२९ वैशाख/ नेपाल कम्युनिष्ट पार्टीले भोलि (आइतबार) नेपाल बन्दको आह्वान गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार जारी गरेको प्रेस बक्तव्यमा उक्त कुरा उल्लेख छ ।
विज्ञप्तीमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध समेत गरिएको छ । भ्रमणका क्रममा भएको अरुण–३ को शिलन्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ ।
‘त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनःनयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’ महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा राष्ट्र घातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएको र भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्ने चरित्र प्रर्दशन गरेको आरोप लगाइएको छ ।








प्रतिक्रिया दिनुहोस्