नेपालगन्ज,२७ वैशाख/ नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ पोशाक उपलब्ध गराइएको छ । उपमहानगरपालिकाले बिहीबारदेखि अनिवार्य लगाउनै पर्ने गरि खैरो रंगको पोशाक उपलव्ध गराएको हो ।

यस अघि नेपाल प्रहरीकै रंगसँग मिल्दो पोशाक परिवर्तन गर्नुपर्ने सुझावलाई मध्यनजर गर्दै परिवर्तन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
निरिक्षण उपशाखा अन्तर्गत तीन जना हवल्दार र दुई जना प्रहरी जवानलाई बिहीबार नगर प्रमुख डा.धवल शम्शेर राणाले आर्म व्याज लगाई दिँदै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।
एक कार्यक्रमका बीच उप शाखा प्रमुख तथा नगर प्रहरी हवल्दार पवन कनोजीया, सुदाम सिंह, अनरिुद्र शर्मा र नगर प्रहरी जवान चन्द्र बहादुर राना र अजय कुमार यादवलाई सर्ट, पाइन्ट, छालाको बेल्ट, सिठी कडी, नेम प्लेट आदि उपलव्ध गराइएको हो । पोशाक नियमित नलगाउने समस्या रहेको नगर प्रहरीलाई अब भने अनिवार्य डे«स लगाउन निर्देशन दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्