कोहलपुर,२१ वैशाख/ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँके शाखाको अधिवेशन बैशाख २२ गते कोहलपुरमा हुने भएको छ । विहिबार कोहलपुरमा पत्रकार सम्मेलन गरी अधिवेशन हुने बारे जानकारी गराईएको थियो ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान केन्द्रिय कार्य समितिको परिपत्र अनुसार अधिवेशन गर्न लागिएको राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान तर्दथ समिति बाँकेका अध्यक्ष विरेन्द्र बहादुर सिँहले पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएक थिए ।
अधिवेशन भव्य रुपमा सफल बनाउन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको समेत प्रस्तुतु रहने बताइएको छ । अधिवेशनमा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान केन्द्रिय सचिव सुवास के.सी लगायतका कलाकारहरु आउने बताइएको छ ।
प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्