कोहलपुर,१७ वैशाख/ नेकपा एमाले बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीको पाँचांै पूर्ण बैठकले पार्टीको मुखपत्र ‘विकास पद’ नामक पुस्तक विमोचन गर्ने निर्णय गरेको छ ।
बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय कमिटी संयोजक सूय ढकालको अध्यक्षतामा आइतबार कोहलपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले पार्टीको मुखपत्र ‘विकास पद’ नामक पुस्तक विमोचनसँगै यही वैशाख २२ गतेसम्म क्षेत्र नम्बर १ मा रहेका ३० वटै वडामा रहेका वडा कमिटीको बैठक सम्पन्न गरिसक्ने, वैशाख मसान्तभित्र सदस्यता नविकरण गरिसक्ने, प्रक्रिया पु¥याएर आएका नयाँ सदस्यहरुको सदस्यता सिफारिस गर्ने लगायतका निर्णय गरेको छ ।
पार्टीको मुखपत्र ‘विकास पद’ नामक पुस्तक निर्माणका लागि आफूहरु तयारीमा लागिसकेको र यसको छिट्टै प्रकाशन तथा विमोचन गरिने संयोजक ढकालले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ वैशाख १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्