बैशाख २९ गतेदेखि ‘बाँके डान्स् आईडल’ हुने



नेपालगन्ज,१२ बैशाख/ निहारिका फिल्म् प्रालिले ‘बाँके डान्स् आइडल’ आयोजना गर्ने भएको छ । हरेक उमेर समूहका युवा युवतीहरुलाई समेटेर उक्त नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको निहारिका फिल्म् प्रालिका प्रमुख दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठले प्रतियोगिता पश्चिम नेपालकै पहिलो पटक राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी शो बन्ने दाबी गरे । उक्त प्रतियोगिताका अन्तिम प्रतिस्पर्धाहरु नेपाल टेलिभिजनको कोहलपुर प्रशारणबाट प्रशारण हुने श्रेष्ठले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख, द्धितिय पुरस्कार ५० हजार, तिृतय पुरस्कार २५ हजार, चौथो र पांचौ पुरस्कार कभर भिडियो छायाँकनको अवसर दिने आयोजकले बताएको छ ।

बैशाख २९ गतेदेखि उक्त प्रतियोगिता शुरु हुने छ । बाँके आइडल्स् भने पनि ५ नम्बर लगायतको अन्य जिल्लाका प्रतिस्पर्धाी पनि सहभागि हुन पाउने श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार