ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु



कोहलपुर,१२ वैशाख/ बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा ट्रयाक्टर दुर्घटनामा हुँदा एक महिलाको ज्यान गएको छ ।

नेपालगन्जदेखि जानकी गाउँपालिका ईन्द्रपुर हुँदै खजुरा गाउँपालिका–२ सितापुरतर्फ जाँदै गरेको भे १ त ४००६ नम्बरको ट्रयाक्टर पल्टिदा बर्दिया राजापुर नगरपालिका वडा नम्बर ३ मुरैया घर भएकी ४० वर्षिया देवानी थारुको घटनास्थलमै मृत्यु भएको हो ।

मजदुरी गर्न बर्दियाबाट नेपालगन्ज बस्दै आएकी देवानीको मंगलबार बिहान बाँकेको ‘सी’ गाउँमा घर ढलान सम्बन्धी काममा जाँदै गर्दा ट्रयाक्टरमा सवार उनको मृत्यु भएको हो ।

उक्त ट्रयाक्टरमा सवार मृतक थारुसँगै कालुराम चौधरी पनि घाइते भएका छन् । घाइते कालुरामको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ । त्यस्तै टयाक्टर चालक हैरानु चौधरी पनि घाइते भएपनि चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ । मृतक थारुको शव पोष्टमाटम गरी आफन्तको जिम्मा लगाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १२ गते बुधबार