कोहलपुर,१० वैशाख/ कोहलपुुरमा जारी आशिर्वाद पेन्ट्स नेपालगन्ज कपमा एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज फाईनलमा भिड्ने भएका छन् ।
सोमबार भएको पहिलो खेलमा दंगाली गोर्खाजले ७ विकेटको जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको हो भने यस अघि ५ खेलमा ४ जित दर्ता गर्दै पप्पु कन्सट्रक्न रोल्पा गोरिल्लाज रन रेटको आधारमा फाइनलम प्रवेश गरेको हो । सोमवार भएको पहिलो खेलमा पाल्पा योद्याजले टस जितेर ब्याटिंग रोजेको थियो ।
निर्धारित २० ओभर खेल्ने क्रममा ७ विकेट गुमाउदै पाल्पा योद्याजले ११३ रन जोडेको थियो । जस्का लागि पाल्पाका ओपनर प्रकाश के.सिले ३० रन, अनुपम सिंहले २३ रन तथा भिम धमलाले १६ रन बनाएका थिए । दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २,२ विकेट लिएका थिए । दंगाली गोर्खाजले ११४ रनको लक्ष्य भेटाउन १४.४ ओभरमा ३ विकेट गुमाउदै जित दर्ता गरेको थियो ।
दंगालीको जितमा सदाब अन्सारीले आक्रमक ब्याटिंग गर्दै ३३ वलमा ५० रन बनाएका थिए । त्यस्तै मनोज सुनारले २१ रन, सद्दाम हुस्सैनले १७ तथ दंगाली गोर्खाजका कप्तान संदिप सुनारको ११ रनको मद्दते जित निकालेको हो ।
पाल्पाका लागि कप्तान सिद्दान्त राज शाही,यश हमाल तथा प्रकाश के.सी.ले समान १÷१ विकेट लिएका थिए ।
सोमवार भएको लिग खेलका अन्तिम खेलमा यो हार संगै आर्शिवाद पेन्ट्स पाल्पा योद्याज प्रतियोगिताबाट बाहिरिएको छ भने एन आई सि एसिया दंगाली गोर्खाज फाइनलमा प्रवेश गरेको हो । अर्धशतक बनाएका दंगाली गोर्खाजका सदाब अन्सारी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै लुम्बिनी यात्रीजले जित दर्ता गरे पनि रन रेटमा फाइनलमा स्थान बनाउन सकेन । लिग चरणको खेलमा सबै टीमले एक अर्कासंग ५ खेल खेल्दा खेल तालिकामा शीर्ष स्थानका २ टिमले फाइनलका लागि यात्रा तय गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले ५ विकेटको जित निकालेको छ । बर्दिया टाईर्गसले टस जितेर पहिला फिल्डिंग रोजेको थियो । एबरोल टिएमटी लुम्बिनी यात्रीजे २० ओभर खेल्दै १७१ रन जोडेको थियो ।
जस्का लागि लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्कीले ४६ रन, सुरज दराईले ३१ रन तथा आदिल खानले ३० रन बनाएका थिए । बर्दियाका लागि आकाश विष्ट, जितेन्द« सिंह ठकुरी, भरत थापाले समान २÷२ विकेट लिए । १७२ रनको लक्ष्य पाएको बर्दिया टाईर्गसले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।
बर्दिया टाईर्गसका राजविर सिंहले प्रतियोगिताकै उच्च स्कोररका रुपमा ६९ रन जोडे भने बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डेले ४८ रन तथा आकाश विष्टले ३५ रन जोड्दै टिमलाई जित दिलाए । लिग चरणको अन्तिम खेलमा ६९ रन बनाउन सफल बर्दिया टाईर्गसका राजविर सिंह म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल बुधबार १२ गते हुनेछ । प्रतियोगिताको विजेताले रु १ लाख १० हजार तथा उप विजेताले ६० हजार पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्