डोटी,८ वैशाख/ डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायलबाट शिखर नगरपालिका –३, जोरागाँउ गैरहेको ग १ ख ५२७५ नम्बरको महिन्द्रा बोलेरो जीप दुर्घटना हुँदा शिखर नगरपालिका–३, कि ३२ वर्षीया कट्टी सार्की, १४ वर्षीय सुरज भुल र ४० वर्षीया खिनतोली भुलको ज्यान गएको हो ।
त्यस्तै दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुमा शिखर नगरपालिका –३, का ३५ वर्षीया सुनादेवी भुल, १६ वर्षीया सपना भुल, १५ वर्षीय कैलास भुल, १७ वर्षीय सुरेश भुल, ३५ वर्षीया खिमा भुल, ४० वर्षीया बली भुल, १४ वर्षीय झंकर भुल, ११ वर्षीय अमृत भुल, २८ वर्षीया धौली भुल, २२ वर्षीया नारु भुल, १३ वर्षीया बासु भुल, १५ वर्षीया अर्जुन भुल, २ वर्षीय अनोज भुल रहेका छन् । त्यस्तै २३ वर्षीया टिकरा भुल, २४ वर्षीय चालक भिमबहादुर भुल तथा ३५ की झाकरी भुल पनि घाइते भएका छन् ।
गम्भीर घाइते भएकाहरुमध्ये १२ जनाको दिपायलमा शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ भने यो समाचार तयार पार्दा सम्म ४ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनुभयो ।
कच्ची सडक तथा गाडीमा ओभरलोड भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।









प्रतिक्रिया दिनुहोस्