कोहलपुर,८ वैशाख/ बाँके कोहलपुर नगरपालिका भित्र रहेका केहि विद्यालयहरुलाई कोहलपुर नगर शिक्षा शाखाले कारवाही अभियान सुरु गरेको छ ।
कोहलपुर नगरपालिका भित्रका केहि संस्थागत विद्यालयहरुले अनुमति विना माथिल्लो कक्षा सञ्चालन, स्थानन्तरण नगरी विद्यालय सञ्चालन, नगर शिक्षाले तोकेको शुल्क भन्दा फरक लिएका सम्पूर्ण विद्यालयहरुलाई अनुगमन गरी स्पष्टीकरण माग्ने कार्य सुरु गरेको छ ।
कोहलपुर क्षेत्रका विद्यालयहरुको स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाका लागि कोहलपुर नगर शिक्षाले तोकेको मापदण्ड भित्र रहि विद्यालय सञ्चालन गर्न कोहलपुर नगर शिक्षा अधिकारी मन प्रसाद रेग्मीले अनुरोध गरेका छन् ।
साथै उनले नगर शिक्षाले तोकेको मापदण्ड पुरा नगरी विद्यालय सञ्चालन गरेको पाईएमा नगर शिक्षाले आवश्यकको कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए ।
प्रकाशित मिति : २०७५ वैशाख ८ गते शनिबार








प्रतिक्रिया दिनुहोस्