एकमहिने कुशन बनाउने तालिम शुरु



नेपालगन्ज,७ बैशाख/ बाँकेको खजुरा गाँउपालिका–३ को सहयोगमा एक महिने कुशन तथा गुडिया बनाउने तालिम गाँउपालिका वडा नम्बर ३ मा सुुरु भएकोे छ ।

वडामा रहेका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी भविष्यमा साना व्यवसाय गर्न सक्षम बनाई स्थानीयस्तरमै आयआर्जन गर्न महिलाहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त तालिम सुुरु गरिएको हो ।

२० जना महिलाहरु सहभागी रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै खजुरा गाँउपालिका–३ का वडा अध्यक्ष कान्तुराम गौतमले महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले तालिम आयोजना गरेको बताए ।

कार्यक्रममा वडा नम्बर ३ धौलागिरीकी गंगा राना भाटले तालिम सिकेर घरायसी काम गर्दै आफूले सिकेको सीप अरुलाई पनि सिकाउने र भविष्यमा व्यवसायको रुपमा अंगाल्ने अपेक्षा रहेको बताइन् ।

तालिमका प्रशिक्षक कुसुम थापा मगरले प्रशिक्षार्थीहरुलाई आफूले इमान्दारीकासाथ सीप सिकाउने बताएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ७ गते शुक्रबार