‘स्वच्छ र समृद्ध बाँसगढी बनाउँछु’



बाँसगढी उद्योग वाणिज्य संघको चुनावको तयारी कस्तो छ ?

बाँसगढी उद्योग वाणिज्य संघको यो दोस्रो चुनाव हो । भर्खरै जन्मिएको संस्था भएकाले यो हामीले यसलाई मिलाएर जानुपर्छ । सबै मिलेर जानुपर्छ भन्ने खालको प्रयास ग¥यौं । तर पनि साथीहरुको बीचमा मिलाएर जाँदा पनि दुई ओटा टिम भएको छ । त्यसमा पनि हाम्रो समावेशी टिम छ । सकेसम्म हामीले सबैलाई समेटने प्रयास गरेका छौँ । यो टिम एकदमै एक्टिभ र राम्रो देखिएको छ ।

तयारी चाँहि कस्तो छ ?

यो समावेशी प्यानल नै हो । यसमा वामहरुको बढी सहभागिता भएकाले पनि वाम गठबन्धन जस्तो देखिएको छ । हाम्रै प्रयासले एकजना सचिवमा निर्विरोध भइसक्नु भएको छ । हाम्रो तयारी एकदमै तिब्र गतिमा अगाडि बढाएका छौँ । हाम्रो पुरै प्यानलले जित्ने सुनिश्चित भइसकेको छ । हामीले सबै उद्योगी व्यापारीहरुलाई भेटघाट गदै गर्दा यो टिम सक्रिय छ । यो टिमले जित्नु पर्छ र यस क्षेत्रको विकासको लागि तपाइँको टिम लागि पर्नुपर्छ भन्ने सल्लाह र सुझाव पाएका छौँ । समग्रमा चुनावी तयारी तीव्र बनाएका छौँ ।

तपाईंलाई किन मत दिने ?

म एउटा किराना व्यवसायबाट डिष्ट्रीब्युटर गर्दै अहिले एउटा उद्योग सञ्चालनमा ल्याएको छु । मेरो बर्दिया डिष्टलरी प्रा.लि. भनेर बढैयाताल गाँउपालिका वडा नम्बर ४ मा सञ्चालन छ । जहाँ करिब सय भन्दा बढी मजदुरहरुले काम गर्नुहुन्छ । अझै भन्नुपर्दा ५ वर्ष भित्रमा ५ सय भन्दा बढिलाई रोजगारी दिने योजनाहरु छन् मसँग । म साँच्चिकै भन्ने हो भने यो क्षेत्रलाई बनाउनु पर्छ भनेर भित्रै ह्ृदयदेखि लागि परेको मान्छे हुँ । मसँग सबैलाई समेट्न सक्ने, धेरै साथीहरुलाई मिलाएर लिन सक्ने क्षमता भएको हुनाले सकेसम्म चुनाव नहोस, एकदमै समानुपातिक तरिकाले मिलेर जान सकौँ भन्ने ध्येयका साथ मैले धेरै ठुलो काम गरे तर पनि आज सबै साथीहरुलाई समेटन सकिएन तथापि एकादुई बाहेक सबै साथीहरुलाई समेटेर हामी अगाडि बढेका छौँ । यसले पनि हामीले चुनाव जित्न सम्भावना धेरै छ । यसमा पनि बढि भूमिका मैले निर्भाह मैले गरेको हुनाले र धेरै व्यवसायीहरुको मप्रति आशा र भरोसा भएको हुनाले मैले पनि आगामी दिनहरुमा बाँसगढीको उज्जव भविष्यको लागि यहाँको स्थानीय सरकारसँग हातेमालो गरेर निजी क्षेत्रमा सक्रिय रुपमा भूमिका निर्वाह गर्ने गरी जमर्को गरेको हुनाले पनि मैले भोट पाउने आधार प्रशस्त छ र मैले भोट पाँउछु पनि । हाम्रो पुरै टिमले भोट पाँउछ । हाम्रो टिम विजय हुन्छ भन्ने कुरामा म ढुक्क छु ।

व्यवसायीका लागि के कस्ता काम गर्नुभयो ?

म यो भन्दा पहिला उद्योग वाणिज्य संघ गुलरियाको तृतीय उपाध्यक्ष भएर काम गरेको छु । त्यहाँ पनि मैले सबै भन्दा बढि मत ल्याएर विजयी भएको थिए । त्यहाँ खास गरी राजस्व सम्बन्धी जिम्मा पाएको थिए । मैले राजस्वमा काम गर्थे । व्यवसायीहरुलाई धेरै भन्दा धेरै राजस्व सम्बन्धी कुराहरुले पिरोलिरहेको हुन्छ । म तृतिय उपाध्यक्ष भई सकेपछि बाँसगढी, गुलरिया, भुरीगाँउ लगायतका ठाँउहरुमा राजस्व सम्बन्धी धेरै कार्यक्रमहरु चलायौँ । निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ भन्ने सबैमा सोचको विकास गर्दै अगाडि बढ्यौ । मैले गुलरियामा हुँदा धेरै काम गरेको छु औद्योगित मेला लगायत आफुले पाएका सबै जिम्मेवारीका कुराहरु निश्वार्थ रुपमा निर्भाह गरेको छु । त्यसले पनि उद्योग वाणिज्य सँगमा मैले यहा आफ्नो उमेद्धारी खडा गरेको हुँ । गुलरिया भन्दा बाँसगढी पूर्व पश्चिम राजमार्गसँग जोडिएको हुँदा यो क्षेत्रमा बढी विकासका सम्भावना छन् । यहाँ थुप्रै कामहरु गर्न सकिन्छ भन्ने ध्येयका साथ मैले उमेद्धारी दिएको हुँ । हाम्रो टिम एकदमै सक्रिय छ । यस अर्थमा पनि हाम्रो टिमको जित निश्चित छ ।

यदि चुनावमा विजयी हुनु भयो भने कस्ता काम गर्नुहुन्छ ?

मेरो लक्ष्य यहाँको स्थानीय सरकारसँग मिलेर निजी क्षेत्रले गर्न सक्ने विभिन्न खालका कर सम्बन्धी कानुनहरु निर्माण गर्नमा मेरा संलग्नता रहने छ । कर बढी लिने होइन, करका दायरा बढाउनु पर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । त्यो भएर निजी क्षेत्रले यहाँको स्थानीन सरकारका कुराहरुमा संगलग्न भएर यहाँका करका दायरालाई बढाएर लैजाने, यहाँको विकासको लागि स्थानीय सरकारसँग मिलेर यहाँको बाटोघाटो, स्कुल, बत्ती, स्वच्छ पानी, स्वच्छ बाँसगढी, समृद्ध बाँसगढी बनाउने मेरा सपनाहरु छन् । त्यसको लागि स्थानीय सरकारसँग मिलेर मैले काम गर्ने लक्ष्य लिएको छु । यहाँ हरेक व्यापारीहरुको हक हितको लागि योजनाका साथ अगाडि बढ्ने छु । बाँसगढी क्षेत्रको बत्तीको समस्या, अवैध समान ओचार पसार भइरहेकाले यसको रोकथामको लागि मैले पहल गर्ने छु । बाँसगढी क्षेत्रमा उद्योग धेरै नभएकाले यस क्षेत्रमा उद्योग सञ्चालनको लागि पहल गरिरहेको र निकट भविष्यमा ३÷४ उद्योग बाँसगढीमा ल्याउनको लागि पहल गरिरहेको छु । बाँसगढीको समग्र विकासको लागि मैले योजनावद्ध रुपमा काम गर्ने लक्ष्य राखेको छु ।

अन्त्यमा, मतदातालाई के भन्नुहुन्छ ?

सर्वप्रथम यहाँका सम्पूर्ण उद्योग, व्यापार व्यवसाय गर्ने साथीहरुलाई नयाँ वर्ष २०७५ सालको शुभकामना दिन चाहाँन्छु । उहाँहरुको यो नयाँ वर्ष सुखद् होस, उहाँहरुको उत्तरोत्तर प्रगति होस् र उहाँहरुले आफनो मत भनेको स्वविवेकले प्रयोग हुने कुरा हो । उहाँहरु आवेगमा नआइकन कसैको लहलहैमा नलागिकन, उहाँहरुले आफ्नो मतको प्रयोग गर्नुहुने छ । मतको प्रयोग गर्दा एकदमै क्रियाशिल साथीहरुहरुको टिमलाई दिनु हुने छ । र हामीलाई मत दिएर उर्जामान शक्ति प्रदान गर्नु हुने छ । उहाँहरुले हाम्रो टिमलाई अत्याधिक मत दिएर विजयी बनाउनु हुने छ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो टिम विजयी हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ४ गते मंगलबार