सुनको जुत्ता धनगढीका ललितसिंह भण्डारीलाई



कैलाली,३० चैत/  टिम चौराह धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको हो ।

उपाधिसँगै टीम चौराह धनगढीले २५ लाख रुपैयाँ नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता बनेको काठमाडौं गोल्डेन्सले ट्रफीसहित १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी महेन्द्रनगर युनाइटेड तेस्रो हुँदै तीन लाख प्राप्त गरेको छ । चौथो भएको सीवाईसी अत्तरियाले २ लाखमा चित्त बुझाएको छ ।

आजको खेलमा टीम चौराह धनगढीकै रोहन मुस्तफा म्यान अफ दी म्याच घोषित भएका छन् । उनले १० हजार प्राप्त गरेका छन् ।

यूएईका कप्तानसमेत रहेका मुस्तफा प्लेयर अफ दी सिरिज बन्दै पल्सर बाइक पनि प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा उनले एक सय ९८ रन बनाउनुका साथै नौ विकेट लिएका थिए ।

धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराह धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन् । प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे ।

भण्डारीले सात खेलमा एक सय ८५ रन दिएका १४ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ फिगर २७ रन दिएर ४ विकेट लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार