पढ्ने उमेरमा प्रेम, किशोरीमै आमा



कविन्द्र परियार : कोहलपुर,२१ चैत/   बाँकेको राप्तीसोनारी—३ बैजापुरकी १४ वर्षिया सुनिता खड्का (नाम थर परिर्वतन)ले  भुवर भवानी माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्दै थिइन् । त्यस्तै क्रममा विद्यालय कै एक किशोरसंग उनको प्रेम बस्यो ।

उनीहरुको माया दिनहुँ झाँगिदै गएपछि सुनिताले १४ वर्षमै सो विद्यालयमा अध्ययन गर्ने १५ वर्षकोे किशोरसंग भागेर अन्तरजातिय विवाह गरे । त्यसपछि उनी १५ वर्षकै उमेरमा आमा बनिन् ।

त्यस्तै बैजनाथ गाउँपालिका १ की १५ वर्षिया सरिता थापा (नाम थर परिर्वन)ले सुर्योदय मा.वि चिसापानीमा कक्षा आठमा पढ्दै गर्दा एक युवकसंग आखाँ जुध्यो र प्र्रेम विवाह गरिन् बिहे गरेकै केही महिनामै छोराकी आमा बनिन् ।

त्यस्तै बैजनाथ—३ की १३ वर्षिया सुनिता क्षेत्री (नाम थर परिवर्तन)ले पनि बागेश्वरी मा.वि मा ७ कक्षा पढ्दै थिइन् । एक युवकसंग प्रेम सम्बन्ध गासिँएपछि उनीले पनि भागेर प्रेम विवाह गरिन् ।

यी त प्रतिनिधि पात्र हुन् पछिल्लो समयमा आधारभुत माध्यामिक तहमा अध्ययन गर्दा गर्दै प्रेम सम्बन्ध गांसेर विवाह गर्ने र किशोरीमै आमा बन्नेहरुको
संख्या बढ्दो छ ।

कलिलै उमेरमा प्रेममा पर्ने र किशोरीमै आमा बनेका कारण घरगृस्थी समाहाल्नु पर्ने भएका कारण किशोरीको सपना भताभुङ्ग हुने गर्ने गरेको बागेश्वरी मा.वि मा शिक्षक विष्णु प्रसाद शर्माले बताए ।

बैजनाथ गा.पा. बाल क्लब संजालका अध्यक्ष खगेन्द्र बुढाको आफ्नो भविष्यको बारेमा नसोचेर तुरुन्त बालविवाह गर्दा केटा केटीहरु दुवैको शारीरिक तथा मानसिक रुपमा परिपक्व नहुने हुँदा जीवनभर दुःख हुन सक्ने बताए ।

महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाहले करिब २५ प्रतिशत बालविवाह हुने गरेको बताइन् । पछिल्लो समयमा सामाजिक संजाल तथा मोवाईल फोनको दुरुपयोगका कारण बाल–बालिकाहरुले बालविवाह बढेको उनले भनिन् ।

यसको नियन्त्रणका लागि सबै भन्दा पहिले अभिभावक सचेत हुनुपर्ने शाहको भनाइ छ । बालबालिको क्षेत्रमा काम गर्ने संस्थाका सिविन नेपालका प्रमुख सिद्धराज पनेरुले कलिलै उमेरमा प्रेममा फस्ने र बालबिवाह गर्ने हुँदापछि हिंसामा पर्नेर सम्बन्ध विच्छेद हुने सक्ने बताए ।

पहिले घरायासी दवाबमा बाललिवाह हुन्थ्यो तर अहिले सामाजिक सञ्जाल र प्रविधिले बालविवाह गर्न पे्ररित गर्ने गरेको बताए । यसले स्वास्थ्यमा समेत असर पुग्ने प्रमुख पनेरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार