सुर्खेत,२० चैत/ आगामी चैत २७ देखि सुर्खेतको चिंगाड गाउँपालिका स्थित रानीवासमा हुने जिल्ला स्तरीय १०औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएका हुन् ।
यही चैत २७ देखि २९ गतेसम्म जनता माध्यामिक विद्यालय रानीवासमा हुने प्रतियोगिता सभ्य र भव्य तरिकाले सम्पन्न गर्नका लागि आफुहरु लागिपरेका प्रतियोगिता संचालनका लागि सुर्खेतका विभिन्न गाउँपालिका तथा नगरपालिकाले आर्थिक सहयोग जुटाउने प्रतिवद्धता जनाएको अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।
जिल्ला खेलकुदले जिल्ला स्तरीय र निर्वाचन क्षेत्र स्तरीय गरी २ वटा प्रतियोगिता सञ्चालन गर्दैछ । उक्त प्रतियोगिता सञ्चालनका लागि समिति पनि गठन गरिएको छ । गठित समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित प्रहरी र शसस्त्र प्रहरी कार्यालयका प्रमुख समेत सदस्य रहेका छन् ।
जिल्लाका करिब ३० विद्यालयहरुको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा १ हजार २ सय ५० खेलाडीले ६ वटा खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स, कराँते, उसु लगायत ६ खेलमा प्रतिस्पर्धा गराइने छ ।









प्रतिक्रिया दिनुहोस्