बर्दिया,२० चैत/ खानेपानी मन्त्री बिना मगरले सरसफाइ र स्वच्छ खानेपानी राष्ट्रको पहिचान भएको बताएकी छन् । बर्दियाको नगरपालिकामा कुशुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण र समाजले प्रमाणित गर्छ,’ उनले भनिन्, ‘त्यसैले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रूपमा अगाडि बढाइनेछ ।’
नेपाललाई सम्वृद्ध राष्ट्र बनाउने विषयको सुनिश्चित गर्दै नेपाली युवाहरुलाई विदेशिनबाट रोक्ने तथा विदेशमा रहेका युवालाई नेपाल फर्काइ सुन्दर नेपाल बनाउने परिकल्पना गरेको र समाजवादको लक्ष्यतिर अगाडि बढिरहेको उनको भनाइ छ ।
मन्त्री मगरले नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँच राख्नु पर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको बताइन् । देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउनका लागि मन्त्रालय दीर्घकालीन कार्य योजनासहित कामको थालनी गरेको उनले उल्लेख गरिन् ।
कर्यक्रममा पूर्वमन्त्री एवम् संघीय सांसद सन्तकुमार चौधरी, प्रदेश सभा सदस्य कुलप्रसाद पोख्रेल, मधुवन नगरपलिका मेयर गणेशबहादुर खत्रीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच मधुवन नगरपलिकाले मन्त्री मगरलाई सम्मान गरेको छ । सम्मान कार्यक्रम गर्दै मधुवन नगरपलिकाका मेयर खत्रीले नगर भित्रको खानेपानी सरसफाइ ढल निकासको अवस्थाको बारेमा अवगत् गराउँदै ज्ञापनपत्र पेश गरे ।
मन्त्री मगरले ज्ञापन पत्र बुझ्दै सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । उनले खानेपानी नागरिकको आधारभूत आवश्यकता पनि भएकोले त्यसका लागि खानेपानी मन्त्रालयले हरेक नागरिकलाई स्वच्छ पानीको पहुँच पु¥याउन आवश्यक पहलकदमी चाल्ने समेत बताइन् । मधुवन नगर र बर्दिया जिल्ला खानेपानीको समस्या समाधानका लागि दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।









प्रतिक्रिया दिनुहोस्