कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ



काठमाडौं,१३ चैत/   महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ ।

उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार