स्ट्रङगल २ मोटिभेसनल कार्यक्रम सम्पन्न



कोहलपुर,११ चैत/  कोहलपुरस्थित बेटर बाँकेको आयोजनामा स्ट्रङगल २ मोटिभेसनल कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मोटिभेसनल कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख सन्जु चौधरीले यूवाहरुको सकारात्मक सोचमा परिवर्त गरी समाज, देश र राष्ट्र विकास र समृद्धि गर्न सकिने समेत बताइन् ।

स्ट्रङगल २ मोटिभेसनल कार्यक्रमा २२ वर्षीय रोहित मल्लले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा मल्लले ‘मानव जिवन स्वयम् आफैले नै राम्रो बनाउनु
पर्छ । मानव जिवन नै आशावादी हुनपर्ने बताए ।

‘रोटी दिने होइन, रोटी कमाउन सिकाउने यसको मुख्य उद्देश्य हो,’ उनले भने । त्यस्तै बेटर बाँके जिल्लाका अध्यक्ष युवराज देवकोटाले कार्यक्रममा बोल्दै एउटा सक्षम शिक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्यमी, व्यापारी बनाउनका निम्ति उर्जा दिन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

कोहलपुरमा शाखाको रुपमा स्थापित भएको वेटर बाँकेले अबका दिनहरुमा विभिन्न बेरोजगारीहरुको स्वरोजगारीको निम्ति व्यावसायिक रुपमा खरायोपालन जस्ता कार्यक्रम सञ्चालनमा ल्याउने कार्यक्रमका कोडिनेटर राजु चन्दले बताए ।

कार्यक्रममा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिर शर्मा, बागेश्वरी एकेडेमी कलेजका सञ्चालक समितिका अध्यक्ष यम रावत, कोहलपुुर नगरपालिकाका पदाअधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापतित्व बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाको रहेको थियो भने कार्यक्रममा संचालक कोडिनेटर राजु चन्दले बताएका थिए । स्ट्रङगल २ मोटिभेसनल कार्यक्रम पाँच सय युवाको सहभागिता रहेको थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ११ गते आइतबार