कोहलपुर,६ चैत/ बाँकेको नेपालगञ्ज नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सोमबार सम्पन्न भएको छ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड काठमाण्डौंको आयोजनामा आइतबारदेखि सुरु भएको सो तालिम सोमबार नेपालगञ्जमा सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टर लिमिटेड, कोहलपुरका शाखा प्रबन्धक भरत कुमार सिंहले आरएमडीसीले साझदोर संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्नुका साथै उक्त संस्थाको क्षमता अभिवृद्धिको लागि आफ्नो स्थापनाकालदेखि नै आवश्यकता अनुसार विभिन्न तालिम तथा गोष्ठीहरु आयोजना गर्दै आएको बताए ।
तालिमका सहभागीहरुले तालिम अन्यन्तै उपयोगी रहेको र तालिममा सिकेका कुराहरुलाई संस्थामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समापन कार्यक्रमको अन्त्यमा प्रशिक्षक राम चन्द्र सुवेदीले तालिमका सिकाईहरु व्यवहारमा लागू गरिए मात्र तालिम उपलब्धीपूर्ण हुने धारणा राखेका थिए ।
दुई दिने तालिमको क्रममा प्रशिक्षक सुवेदीले जीवनमा सफल कसरी हुने, नेतृत्व विकास, व्यक्तित्व विकास, सुशासनका विभिन्न पक्षहरु, समय व्यवस्थापन, सदस्यसँगको सम्बन्ध व्यवस्थापन, सेयर सदस्यको महत्व, कर्मचारी तथा सेयर सदस्य बीचको सम्बन्ध व्यवस्थापन, सहकारी तथा कर्मचारी बीचको सम्बन्ध लगायत अन्य विविध पक्षहरुमा प्रशिक्षण दिएका थिए ।
तालिममा सेन्टरको कोहलपुर शाखा कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १३ जिल्लामा रहेका ३२ वटा साझेदार संस्थाहरुका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३२ जना सहभागीहरुले भाग लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्