रावन बिश्वकर्मा, बाँसगढी,३ चैत/ शान्ति समाज प्रावि बेलवा शान्तीपुरमा विल्ड अन नेपाल र बाँसगढी नगरपालीकाको सहयोगमा निर्माण हुन लागेको ३ कोठे भवनको शिलान्यास गरिएको छ ।
विल्ड अन नेपालका हावर्ड, क्याथलिन, थोमस, लगायतका प्रतिनिधी र बाँसगढी नगरपालीकाका नगर उपप्रमुख सुष्मा चौधरी लगायतको सहभागितामा भव्य कार्यक्रमका साथ भवनको शुक्रबार शिलान्यास गरिएको हो ।
भवन निर्माणमा लाग्ने सरिया, सिमेन्ट, ईट्टा, प्राबिधिक खर्चको जिम्मेवारी विल्ड अन नेपालले लिने गरी सम्झौता पत्रमा समेत दुबै पक्षबाट हस्ताक्षर गरिएको छ । लाखौँको लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माणको लागी बाँसगढी नगरपालीकाबाट ४ लाख सहयोग र अन्य बाँकी जनश्रमदानमा भवन निर्माण गरिने बिद्यालयका प्रधानाध्यपक भक्त बहादुर केसीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झुपलाल बडुवालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बाँसगढी नगरपालीका नगर उपप्रमुख सुष्मा चौधरी, विल्ड अन नेपालनको टिम, शिक्षा शाखा बाँसगढीका प्रतिनिधी तथा स्रोत व्यक्ति ढाकाराम ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाका जिल्ला अध्यक्ष निराजन चापागाँई, समाजसेबी खड्क बहादुर खड्का, नैनबहादुर खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसाद ढुंगाना, विभिन्न विद्यालयका प्रअ, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधी लागयत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विल्ड अन नेपालका टिमलाई बाजागाँजा सहित भव्य रुपमा सम्मान तथा स्वागत गरिएको थियो । शिलान्यास कार्यक्रममा स्थानिय कलाकार तथा विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनको लागी नृत्य समेत प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्