रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रिदै



धनगढी,२५ फागुन /      कारागारमा नै ६ दिनदेखि अनसनरत टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि चौधरीलाई शुक्रवार दिउँसो सेती अञ्चल अस्पताल उपचारका लागि लगिएको छ ।

टिकापुर घटनाको मुद्धा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने लगायतका माग राखी अनसन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रीएपछि शुक्रवार अस्पताल लगिएको हो ।

एक्कासी बेहोस भएपछि अस्पताल लगिएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए ।

आफूहरुले लेखेको औषधि चौधरीले खान नमानेको अस्पतालले जनाएको छ । ओषधि खान नमाने पछि चौधरीलाई कारागार नै फर्काइएको छ । ६ दिनदेखि कैलाली कारागारमा टिकापुर घटनाको आरोपमा पक्राउ परेका २४ जना अनसरन बसिरहेका छन ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २५ गते शुक्रबार