जीप दुर्घटना हुँदा बैतडीमा एकको मृत्यु



बैतडी, २१ फागुन/  बैतडीमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दार्चुलाको लटिनाथका कृष्ण विष्ट रहेको प्रहरीले जनाएको छ ।

दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म १ ज २३३ नम्बरको जीप बैतडीको डीलासैनी गाउँपालिका–३ रुइनेतमा दुर्घटना भएको हो । दुर्घटनामा सवार अन्य २ जना गम्भिर घाईते भएका छन् ।

लटिनाथकै अकवर महरा, गोमती महरा र उनीहरुकी छोरी गिता सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताउनुभयो । यसैगरि भारतीय नागरिक मेरमान सिंह र सर्वण सिंह मुडली सामान्य घाईते भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार