प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको ३ महिनापछि सांसदहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्त ठाकुरले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भयो ।

सपथ ग्रहण गर्नु अघि नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गर्नु भएको थियो । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेका छन ।

संसद सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुको सम्मानमा चियापान कार्यक्रम पनि राखेको छ । राष्ट्रपति विद्या भण्डारीले सोमबार अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको छ ।

-nepalbani.com