कोहलपुर,२० फागुन/ ‘कथा सुनौं र सुनाऔ’ को कथावाचन तेस्रो श्रृङखला कोहलपुरमा सम्पन्न भएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहयोगमा ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरको सभाहलमा सम्पन्न ‘कथा सुनौं र सुनाऔं’ अभियानमा १९ जना कथाकारले कथा वाचन गरेका हुन् ।
जिल्लाका विभिन्न ठाउँमा कथा वाचन अभियान सञ्चालन गरे अनुसार यसपटक तेस्रो श्रृंखला कोहलपुरमा गरिएको हो ।
कथा वाचन कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, सृजन लम्साल, सुमित्रा न्यौपाने, गणेश जि.सि., गंगा प्रसाद खतिवडा, भरत बहादुर रानाभाट, इन्द्रबहादुर भण्डारी, महानन्द ढकाल, ऋचा लुइँटेल, शंकर अशान्त, ओमराना क्षेत्री, प्रकाश मरासिनी, केशव निमेष, रसिकराज, पुरमल बस्नेत, देवेन्द्र आचार्य, खगेन्द्र कुमार बुढा, आयुष्मा ढकाल, तुलसी दर्शन लगायतले गरिएको कथा वाचनमा तीन दर्जन बढी स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
कथा विधालाई प्रोत्साहन गर्न र कथा लेखनमा परिमार्जन गर्नका लागि ‘कथा सुनौं र सुनाऔं’ अभियान सञ्चालन गरिएको सनत रेग्मीले बताए ।
तेस्रो श्रृंखलाका संयोजक सुमित्रा न्यौपानेले बाँकेमा कथाकारहरुको संख्यात्मक र गुणात्मक विकास हुँदै गएकोमा खुशी व्यक्त गरिन् ।
यस्तै कार्यक्रमको चौथो श्रृङखला बाँकेको खजुरामा हुने पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए । 









प्रतिक्रिया दिनुहोस्