अछाम,१४ फागुन/ अछामको कमलबजार नगरपालिका–६ बिरपथ डुप्केमा भिरबाट लडेर एक बालिकाकोे ज्यान गएको छ ।
स्थानीय सेते बिककी १४ वर्षीया छोरी रुपा बिकको घाँस काट्ने क्रममा तान्तु लगावन सामुदायिक वनमा भिरबाट खसेर घाइते भएपछि उपचारको क्रममा ज्यान गएको हो ।
फागुन १२ गते दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर सख्त घाइते भएकी रुपाको उपचारको क्रममा कोहलपुर शिक्षण अस्पतालमा ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् ।
मृतक रुपा स्थानीय कृष्ण आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेको विद्याालयका प्रधानाध्यापक रणबहादुर थ्यायतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्