ट्याक्टर दुर्घटना हुँदा डोटीमा २ जनाको मृत्यु



डोटी,१३ फागुन/ अछामको रामारोशन गाउँपालिका–३ मा भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

आइतबार बिहान कैलाशखोलाबाट ढुङ्गा लिएर आएको से १ त ३१४८ नम्बरको टयाक्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

ज्यान जानेमा रामारोशन–७ का ३४ वर्षीय नरु भण्डारी र रामारोशन–६ का ३३ वर्षीय कलसी साउद रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा कैलालीका ४० वर्षीय कालीचरण चौधरी र रामारोशनका ४० वर्षकै डम्मर बटाला घाइते भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १३ गते आइतबार