कोहलपुर ४ फागुन / बाँकेको कोहलपुर नगरपालिका –१० रामनगर स्थित जीवन ज्योति स्कुलले शुक्रबार भव्य कार्यक्रमका बीच आफ्नो अभिभावक दिवस मनाएको छ ।
सो कार्यक्रमको जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरीक्षक दान बहादुर विष्टले उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालयका पुर्व प्राथमिक तह तथा आधारभूत तहका विद्यार्थीले राष्ट्रिय भक्ति गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
उनीहरुले नाटक मार्फत सम्पुर्ण वन जगंल वन्यजन्तु तथा पृथ्वीको संरक्षण गर्नुपर्ने सन्देश दिएका थिए । विविध समुदाय र भाषा –भाषीका पोषाकमा सजिएका स–साना बालबालिका राष्ट्रिय गीतहरुमा नृत्य गर्दा सयांैको संख्यामा उपस्थित भएका अभिभावकहरुले खुसीले गड्गडाहट ताली बजाएका थिए ।
अभिभावक दिवसको अवसर पारेर विद्यालयले वर्षभरी संञ्चालन गरेका अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेका थियो ।
सो क्रममा विद्यार्थीहरुले नृत्य ,नाटक,गीत,वाद्यवादन गरी करिब ४० वटा प्रस्तुतिहरु देखाएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्