प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ग्याल्बो ल्होसारकोे शुभकामना



काठमाडौं,४ फागुन/  प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गर्नुभएको छ । यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतिकको संज्ञा दिनुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि देशमा आधारभुत रुपमा संक्रमणकाल सकिएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ‘अबको सरकारको प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल नै हुनेछ ।’ प्रधानमन्त्री ओलीले सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै स्वेदशमै रोजगारीका अवसर सृजना गरेर देशलाई समृद्ध बनाउन अधिकतम प्रयोग गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिवद्ध रहेको जनाउनु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार