बाँकेलाई राजधानी बनाउन दवाव स्वरुप प्रधानमन्त्रीलाई ज्ञापनपत्र



कोहलपुर,०१ कोहलपुर/    बाँके राजधानीका लागि गठित संघर्ष समितिले फागुन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

समितिका संयोजक नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाको अध्यक्षतामा सोमबार बसेको बैठकले बाँके राजधानीका लागि दबाब दिने उद्धेश्यले संकलन गरिएको हस्ताक्षर बुझाउने निर्णय गरेको हो ।

एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ संयोजक रहेको समयमा हस्ताक्षर संकलन भएको हो । समितिले फागुन ५ गते जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ । यसैगरी ७ गते विपी चौकमा सर्वपक्षिय अन्तरक्रिया गर्ने भएको छ ।

बाँके राजधानीका लागि दबाब दिनका लागि फागुन ९ र १० गते स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थितीमा अन्तरक्रिया गरिने छ भने १४ गते प्रदेश सांसदलाई ध्यानाकर्षण बुझाइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार