यानबी साहु : कोहलपुर,२९ माघ/ कोहलपर नगरपालिका–९ स्थित हवलदारपुरमा रहेको मर्मालि कृषि सहकारी संस्थाकोे छैठौ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
सभाले मान बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा नविन रावत, सचिवमा लक्ष्मी प्रसाद विष्ट, कोषाध्यक्षमा गुमानसिंह रावत, सह–सचिवमा शेर बहादुर शाही चयन भएका छन् ।
यस्तै सदस्यहरुमा ओपेन्द्रनाथ योगी, दुर्गी बुढाथोकी, लिलावती बुढा र पम्फा कामी रहेका छन् । त्यस्तै सभाले महेन्द्र थापाको संयोजक, रामप्रसाद रावत र पवित्रा थापा महतारा रहेको ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्