अछाम,२९ माघ/ अछामको कमलबजार नगरपालिका २ मा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
गएराती ३३ वर्षीया स्थानीय पबित्रा खड्का घरमै मृत भेटीएपछी उनका श्रीमानले हत्या गरेको आशंकामा मृतकका श्रीमान ३५ वर्षीय केशव खड्कालाई प्रहरिले पक्राउ गरेको हो ।
स्थानीयले प्रहरीलाई खबर गरेपछी आज बिहान इलाका प्रहरी कार्यालय कमलबजरको टोली घट्नास्थल पुगेर मुचुल्का तयार गर्दै खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
घरभीत्रै महिलाको शव भेटीएपछी हत्या भएको हुनसक्ने भन्दै उनका श्रीमानलाई नियन्त्रणमा लिईएको न्यौपानेले बताउनुभयो । घट्नाको प्रकृति हेर्दा कुटपिट गरि हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
डिएसपी न्यौपानेका अनुसार मृतक पबित्राको शरीर भरि निलडाम रहेका छन भने टाउकोमा समेत गहिरो चोट लागेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाइएको अछाम प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्