माघ २९ – हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र फेशन डिजाइनर मनिष मल्होत्रा नेहा धूपियाको एक ‘शो’ मा सहभागी भएका थिए । उक्त ‘शो’ मा यि दुवैले भनेको कुराहरुले अहिले बलिउड चर्चाको विषय बनिरहेको छ । सोनम कपूरले त ट्वीटर मार्फत सोनाक्षी सिन्हासँग माफी नै माग्नु परेको छ ।
नेहा धुपियाले कुराकानीका क्रममा सोनाक्षीसँग सोनम कपूरबारे केही कुरा सोधिन तब सोनाक्षीले भनिन एक पटक सोनमले मलाई एटिच्यूड देखाएकी थिइन जुन आवश्यक नै थिएन ।
यो कुरा सुनेपछि सोनमले ट्वीटरमा लेखेकी छिन् ‘सोना ! म सधै तिमीलाई साथ दिँदै आइरहेकी छु । मलाई याद छैन, मैले कुन बेला तिमीलाई त्यस्तो व्यवहार गरेकि थिए । यदि तिमीलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदिनु ।’
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्