कैलाली,२८ माघ/ घनगढी–कैलालीमा पाँच दिनमै ४९ जना नया“ कुुष्ठरोगी फेला परेका छन् । जिल्ला स्तरिया कुष्ठरोग निवारण अभियानअन्र्तगत गरिएको खोजपड्तालका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा गरि ४९ जना नया“ कुष्ठरोगी फेला परेका छन भने छ जनामा कडा खालको अपाङ्गता भएका कुष्ठरोगी फेला परेका हुन् ।
४९ जनामध्ये पौसिबेसिलरी (पिवि) ३५ र मल्टिबेबिसलरी १४ जना कुष्ठरोगी फेला परेका थिए ।जना जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले लम्की–चुहा, टीकापुर, भजनी, गौरीगंगा नगरपालिका तथा जोशीपुर र जानकी गाउ“पालिकामा अभियान सञ्चालन गरेको थियो ।
अभियान अन्र्तगत सबैभन्दा बढी टीकापुर नगरपालिकामा पौसिबेसिलरी (पिवि) नौ र मल्टिबेबिसलरी चार गरि १३ जना फेला परेका थिए । १३ जनामध्ये दुई जनामा कडा खालको अपाङ्गता भएको विरामी फेला परेको थियो ।
त्यस्तै, भजनी नगरपालिकामा ११, जानकी गाउँपालिकामा १०, गौरीगंगा र लम्की चुहा नगरपालिकामा छरछ र जोशीपुर गाउ“पालिकामा तीन जना कुष्ठरोगी फेला परेका थिए । भजनी नगरपालिकामा तीन र गौरीगंगामा एक जनामा कडा खालको अपाङ्गता भएको कुष्ठरोग फेला परेको थियो ।
अभियानका क्रममा २५ जना पुरुष, २४ जना महिला र दुई जना बालकमा कुष्ठरोग देखा परेको थियो । कार्यालयका अनुसार जिल्लाको धनगढी उप–महानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्