कोहलपुर महोत्सवमा थारुगाउँ परम्परागत पहिचानको हुने



कोहलपुर,२४ माघ/  कोहलपुर उद्योग वाणिज्य संघले यही माघ २६ गते देखि फाल्गुण ८ गते सम्म सञ्चालन हुन गइरहेको “कोहलपुर औद्यौगिक ब्यापार मेला तथा पर्यटन महोत्सव–२०७४” मा विशेष आकर्षणका रुपमा महोत्सव परिसर भित्र थारु गाउँ समेत राखिएको छ ।

यस गाउँमा थारु समुदायमा रहेका परम्परागत रितीरिवाज,सांस्कृतिक पहिचान ,घरेलु प्रयोगका सामाग्री आदि प्रदर्शनका लागि राखिने थारु गाउँ व्यवस्थापनमा लागिरहेका कृष्ण थारुले बताए ।

थारु गाउँ भित्र खासगरी थारु संग्रालय ,एक सय वर्ष पुरानो काठको कोल, बयलगाडा, ढीकीजाँतो,अटुवा,थारुहरुको देउथान आदि राखिने थारुले जानकारी गराए । विशेषतः थारु गाउँमा वर्षभरी सो समुदायले गर्ने क्रियाकलापहरुको चित्रण देख्न पाइने एकसय सात किसिमका बस्तुहरु प्रदर्शनका लागि रहने छन् ।

सांस्कृतिक कार्यक्रमहरुमा थारु समुदायको नाच–गान ,नाटक ,हास्य व्यङ्गे आदि विधाहरुको सो थारु गाउँमा प्रस्तुति रहने छ । त्यस्तै थारु गाउँमा थारु समुदायमा विशेष परिकारको रुपमा खाइने घुङगी,गंगटा,ढिग्री, बरिया,खरिया,लोकल कुखुराको मासु माँर आदि समेत राखिने कृष्ण थारुले बताए ।

थारुका अनुसार महोत्सवमा थारु गाउँ विशेष आकर्षणको रुपमा हुने गरी त्यसको निर्माण गरिरहेको र त्यसको तयारी अन्तिम चरणमा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार