धनुषा,२३ माघ/ पहिलो प्रदेशसभा बैठकमा हिन्दी भाषामा बोलेको भन्दै जनकपुरमा युवाहरूले राजपा र फोरम नेताका पुत्ला जलाएका छन् ।
माघ २१ गते प्रदेश नम्बर २ को बसेको पहिलो प्रदेशसभा बैठका राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।
त्यसैको विरोधमा मंगलबार जनकपुरको जानकी चोकमा स्थानीय युवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गरेको भन्दै राजपा र फोरम नेताका पुत्ला जलाएका हुन् । पुत्ला दहनको बेला प्रहरी र युवाहरुबीच केहिबेर तनाव समेत भएको थियो ।
‘विदेशी भाषालाइ सम्मान गर तर आफ्नो मातृभाषालाई प्रयोग गर’ भन्ने नै आफूहरुको माग रहेको युवा अभियन्ता सुशील कर्णले बताउनुभयो ।
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्