मान खोलाबाट अवैध निकासी १० ट्याक्टर नियन्त्रण



बर्दिया,२२ माघ/   बर्दिया र बाँके जिल्लाको सिमानामा रहेको मान नदिबाट अवैध रुपमा नदी जन्य पदार्थ बालुवा मोरङ उत्खन्न तथा निकासी गरिरहेको अवस्थामा १० ओटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पालको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले अवैध बालुवा र मोरङ लोड गरी लिदै गरेको र लोड गदै गरेको अवस्थामा १० ओटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

बाँसगढी नगरपालिका वडा नम्बर–२ महादेवा नाकाबाट बाँकेको लालपुर सम्झना हुदै बाँके जिल्लामा अवैध रुपमा नदी जन्य पदार्थ बालुवा मोरङ निकासी भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी गस्ती टोलीले बालुवा मोरङ सहित ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पालले बताए ।

अवैध रुपमा उत्खन्न तथा निकासी गर्न लागेको अवस्थामा फेला पारिएका बालुवा मोरङ लोड भएका र हँुदै गरेका १० ओटा ट्याक्टर रीतपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आइतबार नै  जिल्ला समन्वय समिति बर्दियामा पठाइएको प्रहरी निरीक्षक डम्बर पालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार