बाँसगढी,२२ माघ/ दोस्रो बाँसगढी महोत्सव आज सोमबार सकिदै छ । आज सोमबार लोकदोहोरी गायक खुमन अधिकारीको आगमन हुने आयोजकले जनाएको छ ।
“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामिण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने नारा सहित यही माघ १२ गते देखि सञ्चालन भएको महोत्सवको अन्तिम दिन आइतबार हाँस्य कलाकार राजाराजेन्द्र पोख्रेलले दर्शकहरुलाई हसाए भने गायक कृष्ण काफ्ले र बिन्दु परियारले दर्शकहरुलाई नचाए ।
हाँस्य कलाकार पोख्रेलले राजनीतिक र समसामाहिक विषय वस्तुमा रही व्यङग्य शैलीमा दर्शकहरुलाई पेच मिचिमिची हाँस्न बाध्य बनाए । समधुर स्वरका धनि समेत गएका पोख्रेलले व्यङग्य शैलीमा गित गाउँदै क्यारीकेजर गरी सबैलाई हसाए ।
त्यस्तै कृष्ण काफ्ले र बिन्दु परियारले पनि आफनो गित पर्ख पर्ख मायाँलु म पनि त आँउछु भन्ने गित गाएर दर्शकहरुलाई नचाए । काफ्लेले छक्का पन्जा फिलिमको गित सुन न चम्पा बोलन चम्पा, तिमि ताला म चाँबी, तिम्रो पिक्चर हिट जस्ता चर्चित गितहरु गाएर दर्शकलाई नचाए ।
बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालिकाको आयोजना र उद्योग वाणिज्य महासँघ प्रदेश नम्बर ५ को सह आयोजनामा १२ गते देखि सुरु भएको महोत्सव २२ आज सम्म चल्ने छ । महोत्सवमा २ सय बढी स्टलहरु रहेका छन ।









प्रतिक्रिया दिनुहोस्